बिर्तामोड ।
झापाका दुई पत्रकारसहित १२ जना सम्मानीत तथा पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन झापा शाखाको बार्षिक साधारणसभाको अवसर पारेर पत्रकार गोविन्दचन्द्र छेत्री, र जोस्ना श्रेष्ठसहित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
पुरस्कार अक्षयकोषका दाता तथा संस्थाले पत्रकारहरुको बृहत्तर हित तथा बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नेपाल प्रेस युनियन पत्रकार अक्षयकोष’ बृद्धिका लागि सहयोग गर्ने दातालाहरुलाई सम्मान गरिएको हो । विर्तामोडमा शनिवार (आज) उनीहरुलाई सम्मान गरिएको हो ।
नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा रहेको थियो ।
नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद यज्ञप्रसाद र सकुन्तला पाठकले दिवंगत बुबाआमा टंकप्रसाद रमादेवी पाठकको स्मृतिमा स्थापना गरेको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट गोविन्दचन्द्र छेत्री, तथा उनीहरुका छोरी ज्वाईँ टीकादेवी–कृष्णकुमार संग्रौलाले प्रेस युनियनमा स्थापना गरेको रमादेवी–टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी जोस्ना श्रेष्ठलाई पुरस्कृत गरिएको छ । यसैवर्षदेखि वितरण प्रारम्भ गरिएको पुरस्कारको राशी जनही ११ हजार एकसय रुपैयाँ नगद रहेको छ ।
त्यसैगरी अक्षयकोषका दाताहरु शिव कँडेल, पार्वता खरेल विमली, गंगाप्रसाद मैनाली, कृष्ण गिरी लगायतलाई सम्मान गरिएको कार्यक्रममा पुरस्कार अक्षयकोषका दाता यज्ञप्रसाद–सकुन्तला पाठक, टीकादेवी –कृष्णकुमार संग्रौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहमा निर्वाचित गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, झापा गाउँपालिकाकी उपाध्यक्ष अन्जु थपलियासहितलाई दोसल्ला ओढाएर सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सरावगी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, झापा गाउँपालिका उपाध्यक्ष अञ्जु थपलिया, नेपाल पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछाने, पुरस्कृत प्रतिभा तथा प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, पुरस्कार अक्षयकोषका दाताका तर्फबाट कृष्णकुमार संग्रौला, प्रेस युनियन पत्रकार प्रोत्साहन अक्षयकोषका दाताका तर्फबाट शिव कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।