झापा ।
अहिले प्रदेश १ का अधिकांश जिल्लाहरुमा दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको भन्दै नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश नं. १ ले प्रदेश सरकार र स्थानीय सरकारले तत्काल बजार अनुगमन गरेर अनिवार्य रुपमा मूल्य सूचि टाँस गराउने ब्यवस्था मिलाउन माग गरेको छ ।
तेल, चिनी लगायतका खाद्य बस्तुहरुको कालोबजारी तथा ब्यापारीहरुले आफुखुसी मूल्य लिदै आएको जनगुनासोहरु आएकोले पसलहरुमा अनिवार्य मूल्य सूची राखिनु पर्नेमा महासंघले माग गरेको हो ।
हाल देशमा भईरहेको कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहिन अखाध्य बस्तु तथा सेवाका विरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गर्ने र सुशासन कायम गर्ने उद्देश्यले महासंघको रहेको छ ।
महासंघका झापा अध्यक्ष नारायण योङहाङ र महासचिव विष्णुप्रसाद पोखरेलद्धारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ । ‘स्थानीय सरकारका बिभिन्न निर्णयहरु सार्वजनिक भइरहदा प्रत्यक्ष उपभोक्ताँंग सरोकार राख्ने बजार अनुगमन, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण, उपभोक्ता तथा आफ्ना पालिकामा रहने नागरिकहरुसँग प्रत्यक्ष र दैनिक जीवनमा सरोकार राख्ने बजारमा हुने गरेको अस्वभाविक मूल्यबृद्धि एवं ठगि नियन्त्रणको बिषयमा कहि कतै निर्णय भएको पाईदैन ।’ महासंघले यस बिषयमा गम्भिर हुन समेत आग्रह गरेकोे छ ।
महासंघले शनिवार (आज) बिज्ञप्ती जारी गर्दै उपभोक्ताको हक हित सरक्षण र अधिकारको बिषयमा स्थानीय सरकार गम्भिर हुन आवश्यक रहेको बताएको छ ।
पालिकास्तरमा समिति निर्माण गर्दा तथा पालिकाको निर्णयमा आम उपभोक्तासँग सरोकार राख्ने बजार अनुगमन समिति बनाएर प्रभावकारी बजार अनुगमन गर्ने ब्यवस्था मिलाउन आग्रह समेत गरेको छ ।