मोरङ । 

मोरङको कटहरी गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ ।  लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका स्थानिय ३९ बर्षीय जोगलाल सरदारको पानीमा डुवेर  मृत्यु भएको हो ।

पानीमा डुवेर बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै मृत्यु भएको हो ।

घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।