झापा ।
प्रादेशिक पत्रकारिता पुरस्कार–२०७९ बाट चार जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत तथा सम्मानीत हुनेमा झापाका पत्रकार लीला बराल, सुनसरी इटहरीका कृष्णविनोद लम्साल, धनकुटाका पत्रकारद्वय स्मीता निरौला र सञ्जय सन्तोषी राई छन् ।
उनीहरुलाई शुक्रवार (आज) जनही एक लाख रुपैयाँ राशिको पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको हो । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार रार्इले पुरस्कार तथा सम्मान प्रदानगरेका हुन् ।
कार्यक्रममा यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश सभापति लीलाबल्लभ घिमिरे, पुरस्कृत पत्रकार सञ्जय सन्तोषी राईले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।