काठमाडौं ।
यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको हो ।
यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ ।
घटाइएको भाडादर आज (शुक्रबार) देखि लागू हुने विभागले जनाएको छ ।