बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । 

व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, गुनासो दर्ता, घटना दर्ता शिविर तथा स्थानिय सरकार सञ्चालन सम्वन्धि तालिम आजदेखि शुरु भएको हो । 

गत मंगलबार बसेको कार्यपालिका बैठकले निर्णय गरे अनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरीएको हो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी हुन् ।  

तालिममा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने र  विषयविज्ञ विजय तिम्सिनाले सहजीकरण गर्दै छन् । शुक्रवारसम्म चल्ने तालिममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको छ ।