सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले एघारौं नगरसभा गर्दै विभिन्न समिति निर्माण गरेको छ । नगरले बिहीवार ( आज) नगरपालिकाको कार्यालयमा हालै भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितिमा नगरसभा गरेको हो ।
नगरसभामा कनकाई नगरमा रहेको ९ वटै वडाका जनप्रतिनिधिहरुको सहभागीतामा आवश्यक समितिहरु चयन गरिएको हो ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको नगरसभामा स्वागत नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले गरेकी थिइन् भने कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमको सञ्चालन नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले गरेका थिए ।
नगरसभाले उपप्रमुख शिवाकोटीको संयोजकत्वमा नवलकिशोर दत्त र बलराम राई सदस्य रहेको न्यायिक समिति सर्वसम्मत् चयन गरेको छ । न्यायिक समिति चयनको निर्वाचन मण्डलमा खगेन्द्र मिश्र, विवेक भण्डारी र भुपेन्द्र बस्नेत रहेका थिए ।
त्यस्तै सार्वजनिक लेखा समितिको संयोजकमा भगन टुडु (सतार) र सदस्यमा हरिकुमार राई, अरुना सुब्बा, सुश्मा परियार, बिद्यायन समिति संयोजकमा निर्मला खड्का र सदस्यमा शेषप्रसाद प्रसाई, निर्मल आङ्थुपो (लिम्बु) र राधाकुमारी विश्वकर्मा र सुशासन समितिको संयोजकमा साबित्रादेवी बर्देवा र सदस्यमा भक्तबहादुर बिष्ट, सन्तोष सोरेन र डिल्ली उप्रेती निर्बिरोध चयन भएका छन् ।
त्यस्तै यसअघि नै अन्य पाँचवटा समिति चयन भइसका छन् । उक्त पाँचवटा समितिको समेत अनुमोदन गरिएको थियो । जसमा सार्वजनिक सेवा तथा क्षमता बिकास समितिको संयोजकमा लक्ष्मी कटवाल, सदस्यमा कबिता बिक, दलबहादुर थापा र गोबिन्द सुवेदी, आर्थिक बिकास समितिको संयोजकमा कृष्णमाया भुजेल, सदस्यमा नरहरि थपलिया, मोहनप्रसाद संग्रौला र कल्पना बिक, सामाजिक बिकास समितिको संयोजकमा नवलकिशोर दत्त, सदस्यमा अर्जुनकुमार राजवंशी, गोबिन्द कार्की र तारा दमाई यसअभि नै चयन भइसकेका छन् ।
त्यस्तै पूर्वाधार बिकास समितिको संयोजकमा नरादेबी मगर, सदस्यमा अनिलकुमार गोयल, नरमान श्रेष्ठ र मन्दिरा बिक, बन वाताबरण तथा बिपद् ब्यवस्थापन समितिको संयोजकमा चेता राई, सदस्यमा बलभद्र ढुङ्गेल, कुमारी द्रौपदी गौतम र सुलभ भण्डारी पनि यसअघिकै बैठकमा निर्वाचित भइसकेको जनाइएको छ ।