मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–४ बाट राजश्व छली अबैध रुपमा बिराटनगरबाट ईटहरी तर्फ लगिदै गरेको ४० लाख रुपैयाँ बराबरको समानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले भारतिय नागरिक जोगवनी टिकुलियाका ३४ बर्षीय श्याम चौधरीलाई पक्राउ गरेको हो । चौधरीले BR 33 GB 2627 नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायत गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको सामान अवैध रुपमा राजस्व छलि इटहरीतर्फ लादै गरेको अवस्थामा बिराटनगर–४ बाट प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो ।
अबैध समानसहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टरसहित आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।