• राजु बराल 

चन्द्रगढी । 

झापाको भद्रपुर ९ स्थित जीवन ज्योती आधारभुत बिध्यालयको दुई कोठे भवनको बुधबार शिलान्यास भएको छ ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणी मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भवनको शिलान्यास गरेका हुन् । 

 दुई कोठे भवनको कुल लागत  ४४ लाख ९९ हजार ७३७ रुपैयाँ ३० पैसामा ३६ लाख रुपैया रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बजेट बिनियोजित भएको र बाँकी रकम जन सहभागिताबाट जुटार्इ भवन निर्माण सम्पन्न गरिने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणी मैनालीले बताए ।

बिद्यालयका प्रधानाध्यापक निर्मला पौडेल अधिकारीले सञ्चालन गरेको भवन शिलान्यास कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल र वडा नं. ९ का वडाध्यक्ष राम दाहालले शुभकामना मन्तब्य राखेका थिए ।