संखुवासभा । 

संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज(बुधवार) बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिदा सडक निर्माण  कार्यमा खटिएका  सुनसरी  धरानका ३५ बर्षीय रामकुमार राई र चौदण्डीगढी नगरपालिका–६ उदयपुरका २० बर्षीय हेमबहादुर मगरको घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटना स्थलमा गएर ईलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोलीले  पहिरोमा पुरिएका दुबै जनाको उद्धार गरी शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।