बिराटनगर । 

धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधवार (आज) बिहान राती २ बजे धनकुटा नगरपालिका–६ मा धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा  खाँदवारी नगरपालिका–१० संखुवासभा घर भई धनकुटा नगरपालिका–६ मा डेरा गरी बस्ने २४ बर्षीय पुरन राई घाईते भएका थिए । 

घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यसैगरी  गत सोमबार साँझ साँढे ६ बजे मोरङको बिराटनगर महानगरपालिका–१० मा को ३९ प  ७८९५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ८५ बर्षीय मुसा यादबलाई ठक्कर दिंदा घाईते भएका यादवको उपचारको क्रममा हिजो साँझ नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । दुबै घटनाका  बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।