सुनसरी ।
जिल्ला सुनसरी कोशी गाउँपालिका–८ स्थित नयाँ बाँध खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत भिमनगर–१३ लालपुर घर भई सुनसरी कोशी गाउँपालिका–८ बस्ने रविन्द्र शर्माको घरमा पाहुना आएका १६ बर्षीय राजेश शर्मा रहेका छन् ।
मंगलबार (आज) दिउँसो पौने १ बजे नुहाउने क्रममा खोलामा डुबेको स्थानीयले देखी उपचारको लागि स्थानिय किल्निक भण्टाबारीमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।