सुनसरी ।
सुनसरीको धरान उप–महानगरपालिका–५ सेउती खोला बगरमा मृत फेला परेका धरान–११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले दुई जनालाई पक्राउ गरेको छ ।
गत जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका बिभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अबस्थामा मृत फेला परेका थिए ।
मृत फेला परेका ब्यक्तिको तत्काल नाम थर नखुलेता पनि केही समयमै उनको पहिचान खुलेसँगै लम्जेलको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा उनको हत्यामा धरान–१५ बस्ने दुई जना बालकको संग्लग्नता रहेको पाएपछि दुबै जनालाई पक्राउ गरी उनीहरुको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।