• राजु बराल 

चन्द्रगढी ।

झापाको भद्रपुर नगरपालिका वडा न १० का  पुर्णप्रसाद घिमिरेको उपचारका लागि मदन सुब्बाको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन भएको छ ।

भद्रपुर १० बरपिपल टोलका पुर्णप्रसाद हाल बिर्तामोडस्थित पूर्वान्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगबाट ग्रसित भइ उपचाररत रहेकाले उनको उपचारमा आर्थिक सहयोग जुटाउन समिति गठन गरिएको हो ।

गठित समितिको सचिब मिना कोइराला, सह–सचिव जमुना दाहाल, कोषाध्यक्षमा सन्तोष कोइराला र सदस्यहरुमा बिस्णु सापकोटा, पुस्पप्रसाद घिमिरे र प्रनिशा तामाङ रहेको संयोजक सुब्बाले जानकारी दिए ।

कमजोर आर्थिक अवस्था भएका क्यान्सर ग्रसित घिमिरेको उपचारमा हालसम्म सात लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको परिवारका सदस्य  तीर्थकुमारी घिमिरेले बताइन् ।

क्यान्सर रोगबाट ग्रसित घिमिरेको थप उपचारका लागि आर्थिक अभाव भएकोले आर्थिक सहयोग गरी दिन समितिले सवै समक्ष अनुरोध गरेको छ ।