बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघले दुईजना सञ्चारकर्मीलाई सम्मानसहित पुरस्कृत गरेको छ । संघको पाँचौँ वार्षिक साधारणसभामा सञ्चारकर्मी केशव भट्टराई र विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

भट्टराई नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष हुन् भने पाण्डे महासंघका सदस्य हुन् । स्थानीय सरकारको समन्वयमा बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा सडकबत्ती जडान गर्न र भएका ठाउँमा मर्मत गर्ने, राति पनि प्रस्ट देखिन सकिने सिसी क्यामेरा थप गर्नका लागि आवश्यक समन्वय गर्ने साधारणसभाले योजना अघि सारेको छ । 

संघले अन्तर्राष्ट्रिय स्तरको व्यापारिक महोत्सव सञ्चालन गर्ने, बिर्तामोडमा अव्यवस्थित पार्किङ, सवारीचापलाई ध्यानमा राखी ट्राफिक प्रहरी, स्थानिय प्रशासनको सहकार्यमा उचित व्यवस्थापनमा पहल गर्ने जनाइएको छ ।

संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य मनकुमार गौतम, सुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतले शुभकामना मन्तब्य राखेका थिए । स्वागत संस्थाका उपाध्यक्ष राजु न्यौपानेले गरेको कार्यक्रमको सञ्चालन महासचिव अर्जुन मैनालीले गरेका थिए ।