सुनसरी । 

सुनसरीको ईटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागूऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ईटहरी उप–महानगरपालिका–४ का १९ बर्षीय धनबहादुर राई, २७ बर्षीय टिका राई र ईटहरी–५ का २८ बर्षीय धनबहादुर राई रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले लेबल नलागेको लागूऔषध २४ एम्पुल र ःब्म्भ् क्ष्ल् ग्क्ब् लेखिएको पेस्तोल १ थान तथा सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको छ । लागूऔषध तथा पेस्तोलसहित पक्राउ परेका उनीहरुको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।