काठमाडौं।
तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने र आफन्तको जिम्मा लगाइने भएको छ ।
आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा सोमवार (आज) बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका जनाइएको छ ।
१९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
त्यसैगरी २२ जनामध्ये १४ जनाको शव संकलन भएको जनाइएको छ भने, जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्न सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् । साथै अन्य दुर्घटनामा परेका यात्रुहरूको शव खोजी कार्य जारी रहेको बताइएको छ ।