• राजु बराल 

चन्द्रगढी ।

झापाको चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयको आयोजनामा आइतबार स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार चुडामणी रेङमीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुलाइ स्वागत  तथा सम्मान गरिएको हो ।

लेखनाथ पुस्तकालयका सचिव हरि किशोर आचार्यले पुस्तकालयको गतिविधि प्रकाश पारेको कार्यक्रममा भद्रपुर नगरपालिकाका नव निर्वाचित प्रमुख गणेश पोखरेल , उपप्रमुख राधा कार्की, वडाधक्ष्यहरु वडा नं. ७ का  अभिषेक ढुङ्गाना, वडा नं. ८का मनोज सुब्बा गौरब , वडा नं. ९ का राम दाहाल , वडा नं. १०का टेकबहादुर खडका काजी सहित वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार चुडामणी रेङमीले  साहित्य, कला, सस्कृतिको संरक्षणमा स्थानिय सरकारले विशेष ध्यान दिनु पर्ने धारणा राखेका थिए ।   नगर प्रमुख गणेश पोखरेलले भद्रपुर नगरमा साहित्य, कला सस्कृतिको संरक्षण तथा बिकासका लागि नगरमा सरोकारवालाहरुको राय, सुझाव अनुसार  प्रतिस्ठान गठन गर्ने प्रतिबद्द्ता ब्यक्त गरेका थिए । 

कार्यक्रममा नगर उप प्रमुख राधा कार्कीले कला, साहित्यको  संरक्षण र बिकासको लागि सबैको साथमा अघि बढने बताएकी थिइन् । लेखनाथ पुस्तकालयका कार्यवाहक अध्यक्ष  हरि नेउपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोपाल आचार्यले गरेका थिए ।