काठमाडौं।
तारा एएरको हराएको विमान खोजी गर्नका लागि नेपाली सेनाको टोली सम्भावित दुर्घटना स्थलतर्फ गएको छ । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट त्यहाँ गएको हो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ । त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेनाको टोली गएको छ ।
त्यस्तै काठमाडौंबाट हेलिकोप्टर उडिसकेको पनि प्रवक्ता सिलवालले जानकारी दिदै उद्दारका लागि काठमाडौंबाट पनि एमआई १७ हेलिकोप्टर गइसकेको बताएका छन् ।