मोरङ ।
मोरङको बेलबारी नगरपालिका–१० स्थित पुर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटना दुई जनाको मृत्यु भएको छ । पूर्व तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकी राखेको को.२ त ८५५९ नम्वरको ट्रयाक्टरमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को. १० प ३५९९ नम्वरको मोटरसाईकल ठक्कर ठोक्किएको थियो ।
उक्त दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका–११ मोरङका २३ बर्षीय अनिल चौधरी र २४ बर्षीय राजेश धिमाल घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारको लागि बिराटनगरको कोशी अस्पताल लगिएकोमा चौधरीको अस्पताल पुर्याउना साथ मृत्यु भएको र धिमालको उपचारको क्रममा आज (आइतवार) बिहान मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।