सुरुङ्गा ।
झापाको दिव्यपथ महिला सरोकार समाज तथा श्री सरस्वती कन्या गुरुकूलको आयोजनामा महायज्ञ हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १०, माइधारमा जेठ १८ देखि २८ गतेसम्म श्री शिवमहापुराण विराट ज्ञान महायज्ञ आयोजना हुने आइतवार (आज) पत्रकार भेटघाट गरी जानकारी दिइएको हो ।
गुरुकूलका लागि जग्गाको पुर्ति र तीनतले भवन निर्माणका लागि पुराणको आयोजना गरिएको दिब्यपथ महिला सरोकार समाजकी अध्यक्ष बृन्दादेबी बरालले बताइन् ।
गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यको सान्ध्यिमा हुने पुराणमा आचार्य प्रवर श्री ईश्वरकृष्णजी महाराजबाट शिवमहापुराणको कथा बाचन हुने यज्ञ सम्पादन तथा मुल आयोजक समितिका संयोजक चन्द्रप्रसाद खनालले जानकारी दिए ।
त्यस्तै पंडित छविरमण निरौलाद्धारा मूल पाठ पारायण हुने बताइएको छ । महायज्ञका लागि २० देखि ३० लाख रुपैयाँ अनुमानित खर्च हुने आयोजक समितिले जनाएको छ । उक्त खर्च रकम सहयोगी दाता, सामाजिक संघ÷संस्था, स्थानीयबाट संकलन गरिने लक्ष्य आयोजकको छ । झापामा रहेका २६ वटा गुरुकूल मध्ये पहिलो र नेपालको दोस्रो कन्या गुरुकूल रहेको जनाइएको छ ।
महिलाकै क्षेत्रमा कार्य गर्ने संस्थाको रुपमा स्थापना भएको गुरुकुलमा हाल १६ जना कन्याहरु अध्ययनरत रहेका प्रवत्ता छविरमण निरौलाले बताएका छन् । महिलाहरुलाई सिट कोटा दिनुभन्दा क्षमतावान र सक्षम बनाउने उदेश्य संस्थाले लिएको समाजकी अध्यक्ष बृन्दादेबी बताइन् । कार्यक्रमको सञ्चालन दिब्यपथ महिला सरोकार समाजकी सचिव नैनाकला दाहाल भट्टराईले गरेकी थिइन् ।