बिर्तामोड ।
लामो समयदेखि बिर्तामोडको ट्राफिक आइल्याण्ड वरिपरि घेराबारा भएका कारण ट्राफिक ब्यवस्थापनमा समस्या भएको भन्दै त्यसलाई हटाइएको छ ।
०४६ सालको जन आन्दोलनको स्मृतिमा बनाइएको स्तम्भ वरिपरि घेराबारा गरिएपछि त्यस स्थानमा ट्राफिक प्रहरीले उबिएर काम गर्ने अवस्था थिएन । सो स्थानलाई खुल्ला राख्न विभिन्न प्रयास गरिएपनि सम्भब भएको थिएन ।
तर अभियन्ता तथा राजनितिकर्मी तीर्थ सिग्देलले सञ्चालन गरेको होस्टेमा हैसे अभियान अन्तर्गत उनले यो बिषयमा सामाजिक संजालमार्फत आवाज उठाएपछि अहिले त्यो स्थानमा उबिएर ट्राफिक ब्यवस्थापन गर्न सहज भएको हो ।
सो आवाजप्रति जन आन्दोलन स्मृति स्तम्भ निर्माण समितिले सकारात्मक रुपले लिएपछि झन सहज बनेको सिग्देलले बताए । उनले त्यसका लागि निर्माण समितिका अध्यक्ष तथा सांसद गोपालकुमार बस्नेतलाई धन्यवाद दिएका छन् ।