बिर्तामोड । 

लायन्स क्लब अफ बिर्तामोडको अध्यक्षमा बलराम कार्की चयन भएका छन् भने लियो क्लव अफ बिर्तामोडको अध्यक्षमा नवल किशोर साह चयन भएका छन् । 

लियो क्लव अफ बिर्तामोड सिनियरको  साधारण सभाले लायन वर्ष  २०२२/२३ का लागि कार्की र लियो साह चयन भएका हुन् । 

लायन्स क्लव अफ बिर्तामोड प्रथम उपाध्यक्षमा निकेशकुमार गट्टानी, दितिय उपाध्यक्षमा संगिता रौनियार, तृतीय उपाध्यक्षमा कुशल खतिवडा,  सचिबमा बिपिन शर्मा घिमिरे, कोषाध्यक्षमा राजेन्द्रकुमार बिमली, सह–सचिवमा किरण थापा, जनसम्पर्क अधिकारीमा दिपेन्द्र राउत, टेमरमा कृष्ण बजगाई,  टेलटुविइस्टरमा अपसरा बस्नेत खडका , बोर्ड अफ डाइरेक्टरमा प्रदिप खरेल, विशाल थापा, राजेशबहादुर धिमाल, घनेन्द्रराज खनाल, सुरेशकुमार अग्रवाल चयन भएका छन् । 

त्यस्तै सिनियरको प्रथम उपाध्यक्षमा अर्थ पेडिवाल, दितिय उपाध्यक्षमा सुदिप बुढाथोकी, सचिवमा सुरेन्द्र प्रधान, कोषाध्यक्षमा सोनिका अग्रवाल, सह–सचिवमा रोनक अग्रवाल, जनसम्पर्क अधिकारीमा बिश्वास गुप्ता, टेमरमा रितिक अग्रवाल, टेलटुविइस्टरमा अनिस कार्की, बोर्ड अफ डाइरेक्टरमा विशाल गोयल, स्नेहा अग्रवाल, अन्कित थापा, मो. जामिर शेख, बिवस खडका सर्वसम्मत चयन भएका छन् । 

संस्थाका अध्यक्ष पुष्कर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा एरिया इम्पेक्ट चिफ सत्यनारायण शर्माको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा डिस्ट्रीक्ट डेपुटी ट्रेजरर गौरीशंकर गुप्ता र जोन चियरपर्सन जीवनकुमार खडका र पूर्व अध्यक्ष लायन सुरजकुमार रौनियारको बिशेष अतिथ्य रहेको थियो । साधारणसभामा झण्डाको अभिवादन लायन किरण थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कुशल खतिवडाले गरेका थिए ।