झापा ।

जिल्ला प्रशासन कार्यालय झापाले गणतन्त्र दिवस तीन मनाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गत जेठ ५ गते बसेको गणतन्त्र दिवस मुल समारोह समितिको निर्णय अनुसार झापामा पनि जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गरी मनाउन लागिएको हो । 

शुक्रवार (आज) जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै तीन दिने कार्यक्रम सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी  छबिलाल रिजालद्धारा हस्ताक्षरित सूचनामा तीन दिन भव्यताका साथ गणतन्त्र मनाउने भनिएको छ । 

त्यस्तै जिल्लाका सवै सरकारी, सार्वजनिक तथा सामुदायिक संघ÷संस्थाहरुले राष्ट्रिय झण्डा एवम् व्यानर सजाई कार्यालय र परिसरको सरसफाई गर्ने, धार्मिक, सांंस्कृतिक सम्पदा स्थलहरुको सरसफाईसहित सौन्दर्यीकरण अभिबृद्धि गर्ने र सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु साथै सार्वजनिक महत्वका सम्भाव्य स्थलहरुमा दीप प्रज्वलन गर्ने तथा आम नागरिकहरुका घर–घरमा साँझ दीपावली गर्ने सूचनामा जनाइएको छ ।