सुनसरी ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मेहेताटोमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार (आज) छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागेर स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए ।
घाईते मेहेतालाई उपचारको लागि जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो ।
घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।