विराटनगर ।
मोरङ र झापाबाट प्रहरीले लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका ८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागुऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल, फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेटसहित पक्राउ गरिएको हो भने जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले बासफोर र राजबंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागूऔषध लोड भएको १० को सिरिन्ज थान १ सहित घरैबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।