विराटनगर ।
स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ ।
संघको बिहीबार भएको भेलाले पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र सदस्यद्वयमा चेतन खड्का र सुमन पोख्रेल छन् ।
भेलामा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार मोहन भण्डारी, संघका केन्द्रीय सदस्य महानन्द सापकोटा, महाप्रसाद खतिवडा, मोरङ शाखाका संस्थापक सदस्य उद्धव घिमिरे, प्रदेश नम्वर १ का संयोजक एवं मोरङ अध्यक्ष विजय खतिवडालगायतको उपस्थिति थियो ।
संघको केन्द्रीय अधिवेशन आगामी जेठको २१ र २२ गते नवलपरासीको मौलाकालीमा हुने भएकोले प्रतिनिधिहरुसमेत छनोट गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।