उदयपुर ।
उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीवार (आज) बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंश बण्डाको बिषयमा बादबिबाद भई झै–झगडा भएको र रिशको आवेगमा रोहितले मनमायालाई शरिरका बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना सम्बन्धमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागि कटारी अस्पताल पठाएको छ ।
हत्या आरोपित रोहितलाई पक्राउ गरी घटनाको बिषयमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।