मोरङ।
मोरङको जहदा गाउँपालिका–२ का दिनेशकुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जेष्ठ ६ गते राती ९ बजे घरायसी विबादका कारण ४३ बर्षीय राजभरले श्रीमती ३५ बर्षीया गीतादेवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्बरमा प्रहार गरी हत्या गरेर घटना स्थलबाटै फरार भएका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई जेष्ठ १० गते पक्राउ गरेको हो ।
पक्राउ परेका राजभरको मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जनाएको छ ।