झापा ।       

झापाको बिर्तामोड–५ बाट जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई तास, कौडा र नगदसहित प्रहरीले पक्राउ गरेको छ । 

बिर्तामोड नगरपालिका  वडा नं. ५ का ३८ बर्षिय डालकुमार राईको घरको कोठामा जुवा जन्य खेल खेलिरहेको छ भन्ने गोप्य सुचानको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले जुवा जन्य तास र कौडा खेलिरहेको अवस्थामा मंगलबार पक्राउ गरी उनीहरुलाई पक्राउ बुधवार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा इलामको सुर्येदय– १० का ३० बर्षिय दिलकुमार श्रेष्ठ, बिर्तामोड –५ का ३६ बर्षिय  सन्जीव घतानी, ४२ बर्षिय ससुहाङ चेम्जोङ, ३८ बर्षिय डालकुमार राई (घरधनि) र मेचीनगर २ का ४८ बर्षिय भुपु राई रहेका छन् । 

जुवा खेलीरहेको अवस्थाबाट एकलाख ७४ हजार ७३५ रुपैयाँ नगदसहित ३ बुक तास र १५ थान कौडासमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेको उनीहरुको इप्रमा अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।