हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नं.३ मा नवनिर्वाचित वडा अध्यक्ष बिष्णुप्रसाद ओलीको टिमले कार्यलय परिसरमा बिरुवा रोपेर पदभार ग्रहण गरेका छन् ।

गाउँ प्रमुख रविन्द्र लिङ्देनले सोमबार झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको सपथपछि नवनिर्वाचित गाउँपालिकाका जनप्रतिनिधिलाई सपथ ग्रहणसहित पदभार ग्रहण गरेका थिए।

वडा नं.३ मा सपथ ग्रहणपछि कार्यलय प्रवेशसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले कार्यालयमा स्वामीको बिरुवा रोपेर कार्यलय प्रवेश गरेका हुन्।

पदभार ग्रहणसँगै वडाका जनप्रतिनिधि ५ बर्ष जनताको सारथी  भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।