काठमाडौं । 

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै युवा तथा बिद्यार्थीले बिरोध  प्रर्दशन गरेका छन् ।

मुख्य विपक्षी दल नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन, चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो लगायत नारा लेखिएका प्लेकार्डसहित  युवा तथा बिद्यार्थीले प्रदर्शन गरेका छन्।