सुनसरी ।
सुनसरीको धरान उप–महानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीलाई २५ बर्षीय छोरा सौगात गत शनिबार दिउँसो साढे १ बजे धारीलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घटनामा घाईते भएकी सुबेदीलाई उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानपछि उनको थप उपचारको लागि बिराटनगरको न्युरो अस्पताल लगिएको थियो ।
न्यूरो अस्पतालमा समेत उपचार हुन नसक्ने चिकित्सकको सल्लाह अनुसार घर फिर्ता लैजाने क्रममा मंगलबार (आज) दिउँसो ३ बजे बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संग्लग्न रहेका सुबेदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।