हल्दीबारी ।

झापाको हल्दीबारी गाउँपालिकाका दोस्रो ५ बर्षे कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष रबिन्द्र लिङ्देनले दुई वटा निर्णय गरेका छन् ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष  लिङदेनले झापा जिल्ला अदालतका  न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथपछि नवनिर्वाचित नगरका जनप्रतिनिधिलाई  सपथ ग्रहणसहित पदभार ग्रहण गराउँदै निर्णय गरेका हुन् । 

उपाध्यक्ष लक्ष्मीदेवी मैनालीसहित जनप्रतिनिधिहरूलाई अध्यक्ष लिङ्देनले शपथ ग्रहण गराएका थिए ।  शपथ ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले दुई वटा महत्त्वपूर्ण निर्णय गरेका छन् । 

उनले गाउँपालिका भित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएका नागरिकहरूलाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले घरभेट घरदैलो मार्फत स्वास्थ्य सेवा प्रदान गर्ने र मनसुनका कारण सडकमा भएको खाल्डाखुल्डी तथा भत्केको गाउँपालिकाभित्रका सडकहरू तत्काल मर्मत सम्भार गर्ने निर्णय गरेका छन् । गाउँपालिकामा नवनिर्वाचित २७ जनै जनप्रतिनिधिहरूले शपथ खाँदै आ–आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।