सुनसरी ।
सुनसरीको गढी गाउँपालिका–४ बाट अवैध लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले बोरा बोकी पैदल हिडिरहेका स्थानिय २७ बर्षीय रोशन मेहेतालाई शंका लागि चेकजाँच गर्दा बोरा भित्र लुकाई राखेको Dialex-Dc 100 ml को २० बोतल, Nitrosun- १०० ट्यावलेट, Nitravet- ७०० ट्यावलेट बरामद गरेको हो । लागू औषधसहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीले थप थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।