सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।मुख्य निर्बाचन अधिकृत गिरीराज गौतमबाट सपथ ग्रहणपछि  नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएसँगै उनीहरुले पदभार ग्रहण गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नगरप्रमुखमा निर्वाचित पोखरेलले उप–प्रमुख शान्ता शिवाकोटी सहित ९ वटा वडाका वडाध्यक्षसहित सदस्य, महिला सदस्य र दलित महिला सदस्यलाई सपथ ग्रहण गराएका हुन ।

पदभार ग्रहण पश्चात नगरप्रमुख पोखरेलले नगरको विकास र समृद्धिका लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने तथा स्वास्थ्य कृषि लगायतका वस्तुलाई प्राथमिकताका साथ अगाडि बढाइने बताए ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेलगायतको सहभागीता रहेको थियो ।