बिराटनगर ।
झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका–११ दुधेबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का १९ बर्षीय हरदिप राजबंशी, भारतिय नागरीक दार्जेलिङ दुलाल जोतका २२ बर्षीय सुरेन मरमन र २३ बर्षीय अर्जुन रोय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले दुर्इ सय तीन ग्राम चार सय दश मिलि ग्राम लागू औषध ब्राउनसुगर, नगद ३८ हजार ७ सय ३० रुपैयाँ र उनीहरुले प्रयोग गरेको प्रदेश १–१०–१५ प ४२१८ तथा ध्द्य ठद्ध ख् टद्धघढ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।
त्यसैगरी मोरङको बेलवारी नगरपालिका–३ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले पुरानो बेलवारी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ९७७४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको लुकिङ ग्लास भित्र लुकाएर राखिएको अवस्थामा ३ ग्राम लागू औषध ब्राउन सुगरसहित बुढीगंगा गाउँपालिका–७ का २६ बर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो ।
लागू औषधसहित पक्राउ परेका उनीहरुको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।