बिराटनगर । 

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्री बिर्तामोड–४ का ५२ बर्षीय टंक काफ्लेको मृत्यु भएको हो ।

सडकमा रोकेर राखेको ट्रक सडकमा निकाल्नका लागि ब्याक गर्ने क्रममा ट्रकको पछाडीको भागले ठक्कर दिंदा घाईते भएका काफ्लेलाई उपचारको लागि बिर्तासिटी अस्पताल ललगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।  चालक र ट्रकलाई नियन्त्रणमा लिएर घटना बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 

यसैगरी  मोरङको सुनवर्षी नगरपालिका–६ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अमरदहको भित्री सडक खण्डमा को २ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाईते भएका सुनवर्सी नगरपालिका–५ का ४५ बर्षीय राजकुमार सरदारलाई उपचारको लागि  बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।  घटनाका बिषयमा थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ प्रदेश प्रहरीले जनाएको छ ।