बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकामा ३८१०० मतगणना सम्पन्न हुँदा नेकपा एमालेको तर्फबाट मेयर पदकी उम्मेद्वार पवित्रा महतरा प्रसाईँ ३४२९ मतले अगाडी छिन् । प्रसाईका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फका नेपाली काँग्रेसका उम्मेद्वार भोजराज सिटौला भन्दा उक्त मतले अगाडी रहेकी हुन् ।
आज बिहान ६ः४५ को मत गणनाअनुसार प्रसाईले १५३०३ मत ल्याएकी छिन भने सिटौलाले ११८७४ मत पाएका छन् । त्यस्तै राप्रपाका मेयर पदका उम्मेद्वार ध्रुबकुमार उप्रेतीले ५२६२ मत ल्याएका छन् ।
त्यस्तै एमालेका तर्फबाट उपमेयरका नगेन्द्रप्रसाद संग्रौलाले १४४६२ मत प्राप्त गरेका छन् भने गडबन्धनका तर्फका माओवादी केन्द्रका उम्मेद्वार सीपी कडरियाले ७८५३ मत ल्याएका छन् । उपमेयरतर्फ राप्रकाकी रञ्जु प्याकुरेलले ६४०९ मत ल्याएर तेस्रो स्थानमा रहेकी छिन् ।
हाल वडा नं. ५, ६ र ७ को मतगणना भइरहेको छ ।
वडा नं. ५
वडाअध्यक्षतर्फ
एमाले (राजेन्द्रप्रसाद लिङ्देन ) १४७८
काँग्रेस (रोहित प्रसाई ) १६८०
राप्रपा (प्रकाश घिमिरे) ३२७
जसपा (तिलबहादुर राई) २५
नेपाल परिवार दल (हरिप्रसाद गौतम) १
वडा नं. ६
वडाअध्यक्षतर्फ
एमाले (बुद्धिराम भट्टराई) ८०९
काँग्रेस (सूर्यकुमार कन्दङ्वा) १०४८
राप्रपा (टेकबहादुर पौडेल) २४३
मंगोल नेशनल अर्गनाइजेशन (राम लिम्बु) ३५
वडा नं. ७
वडाअध्यक्षतर्फ
एमाले (कृष्णप्रसाद खरेल) ११३४
माओवादी (कृष्णप्रसाद लिम्बु ) ७७५
राप्रपा ( नवराज भट्टराई ) ९७०
यसअघि वडा नं. १, २, ३, ४, ८, ९ र १० गतगणना भइसकेको छ ।