झापा ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट अबैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपाल तर्फ आउँदै गरेका कैलाली घर भई दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैशीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुनसहित पक्राउ गरिएको हो ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपालतर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम (हालको बजार मुल्य अनुसार २८,८७,१८२÷६५० रुपैयाँ बराबरको सुन बरामद गरेको हो ।
सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।