सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार राजेन्द्रकुमार पोखरेलले अग्रता कायम गरिरहेका छन् । आज (मंगलबार) बिहान ६ बजेसम्म १९७१२ मतगणना भएको छ । 

पोखरेलले उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेद्वार रुद्रप्रसाद चिमरियालाई १६०३ मतले पछि पार्दै अग्रता कायम गरिरहेका छन् । पोखरलले  ६४६१ मत ल्याउँदा चिमरियाले ४८५८ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र जेब्रा चिन्हका मेयर पदका उम्मेद्वार शेरबहादुर थापाले भने ४६२३ मत प्राप्त गरेका छन् । 

यता उपमेरमा नेपाली कांग्रेसकी उम्मेद्वार आशा शिवाकोटीले ७९०७ मत प्राप्त गर्दा एमालेकी मञ्जु प्रसाईले ६६६७ मत प्राप्त गरेकी छिन् । शिवाकोटी १२४० मतले प्रसाई भन्दा अगाडी छिन् । 

थप प्रमुख र उपप्रमुख पदको मत परिणाम 

प्रमुख 

एमाले राजेन्द्रकुमार पोखरेल – ६४६१

काग्रेस रुद्रप्रसाद चिमरिया – ४८५८

राप्रपा श्यामसुन्दर ओली – १७१५

स्वतन्त्र (जेब्रा) शेर बहादुर थापा –४६२३

तराजु  भिमप्रसाद अधिकारी – १३२

पुतली देवीप्रसाद उप्रेती –१

कम्प्युटर  टंका उप्रेती – १७

उप–प्रमुख 

एमाले मञ्जु प्रसाईं – ६६६७

कांग्रेस आशा शर्मा शिवाकोटी – ७९०७

राप्रपा सचित्रा खनाल चुडाल – १३६९

एस (कलम) अम्बिका महत उप्रेती –५३७

तराजु  अम्बिका चापागाईं सुवेदी –८८

किताब  बिन्दिया बराइली – ७

कम्प्युटर  शान्ता दाहाल –१३

नगरमा अव ६४०० मत गणना हुन बाँकी छ । 

image