सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका ५ को वडाअध्यक्षमा नेकपा एमालेका कृष्ण राई पुनः निर्वाचित भएका छन् ।  राईले उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रमेश दाहाललाई ५३ मतले पछि पार्दै  वडाअध्यक्षमा विजयी बनेका हुन्। 

राईले १५४० मत ल्याएर बिजयी हुँदा उनका प्रतिद्धन्द्धी दाहालले १४ सय ८७ मत ल्याएका थिए ।  एमालेकै महिला सदस्यमा इन्दिरादेवि अधिकारी, दलित महिला सदस्यमा साबित्रा बर्देवा, खुल्ला सदस्यमा डिल्लीराम उप्रेती बिजयी बनेका छन् भने एक खुल्ला सदस्यमा भने नेपाली कांग्रेसका गोविन्द कार्की बिजयी भएका छन्।