झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं.९ स्थित थोप्लेविरान सामुदायिक बनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

हात्तीको आक्रमणबाट मेचीनगर ९ स्थित पशुपति टोलका ७० बर्षिय पेना किसाानको मृत्यु भएको छ भने मेचीनगर ९ कै ३८ बर्षिया झुमा भन्ने  बसन्ती दनुवार घाइते भएकी छिन् । हात्रीको आक्रमणबाट घाइते भएका किसानको उपचारका लागि मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो  ।

दनुवार घाँस काट्न गएकोमा अचानक हात्ती आएर आक्रमण गरी घाईते बनाएपछि बीएण्डसी अस्पताल बिर्तामोड लगेर थप उपचारको लागि मेची अस्पतालमा भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापा जनाएको छ ।