झापा । 

झापाको हल्दीबारी गाउँपालिका वडा नं. २ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी २ राईटोलका सुफल हस्दाका २६ बर्षिया छोरा भेना हस्दाको मृत्यु भएको हो । 

आज राती १ः३० बजे ट्वाइलेट गर्न घर बाहिर  निस्किएका उनको अविरल बर्षासँगै परेको चट्याङले लागेर घटना स्थलमै मृत्यु भएको जनाइएको छ । 

आवश्यक कानुनी प्रकृयापछि पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।