अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा खसेको ३५८१ मत मध्ये २७८२ मत गणना हुँदा नेकपा एमालले अग्रता लिएको छ ।
एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले पछिल्लो मत परिणाम अनुसार १३८४ ल्याएर अग्र स्थान ओगटेका छन् भने गठबन्धनबाट मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीले १०७६ मत प्राप्त गरेकी छिन् । राप्रपाका मेयर पदका उम्मेद्वारले १०२ मत प्राप्त गरेको नगरस्थित निर्वाचन कार्यालय जनाएको छ ।
त्यस्तै उपमेयरमा एमालले १३००, गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेद्वारले ७२२ र राप्रपाले १४० मत प्राप्त गरेका छन् । त्यसैगरी वडा नं. १ को वडाअध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेद्वारले १२७० मत प्राप्त गर्दै अग्र स्थान लिएको छ भने एमालेले ११५१ मत प्राप्त गर्दै पछ्याइरहेको छ । राप्रपाले भने १४२ मत प्राप्त गरेको छ ।