सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा स्थानीय तहको निर्वाचन २०७९ मा उल्लेख्य मात्रामा मतदान भएको छ । कनकाई नगरपालिकामा ७२ प्रतिशत भन्दा वढी मतदान भएको छ । अहिलेसम्म मतदान स्थलमा मुचुल्का बनाएर मतपेटिका धमाधम आइरेको कनकाईका निर्वाचन अधिकृत दिपक कोइरालाले जानकारी दिए।

कनकाई नगरपालिका १ मा जम्मा ३ हजार २ सय ८४ मतदातामा २ हजार ६ सय २८ मत खसेको मनोज बस्नेतले जानकारी दिएका छन् । वडा नम्बर २ मा जम्मा ३ हजार ६ सय ८ मतदातामा २५ सय ९८ मत खसेको छ।

 कनकाई वडा नं.  ३ मा जम्मा ७ हजार ७ सय ७१ मतदातामा ५ हजार १ सय २१ जना,  वडा नं. ४ मा कुल ४ हजार ७ सय ६० मतदातामा ३ हजार ४ सय ८६, मत खसेको गोविन्द पौडयालले बताए । वडा नं. ५ मा कुल ४ हजार ४ सय ६९ जना मतदातामा ३ हजार २ सय ५३ जनाले मतदान गरेको कृष्ण राईले बताए । यसैगरि कनकाई ६ मा कुल २ हजार ५० मतदातामा १ हजार ६ सय १४ मत खसेको निर्वाचन कार्यलयले जनाएको छ।

कनकाई ७ मा कुल ३ हजार ५४ मतदातामा २ हजार ३ सय ३० मत खसेको लीला कन्दङवाले जानकारी दिए ।  कनकाई ८ मा कुल ३ हजार २ सय १४ जना मतदातामा २ हजार ३ सय ९५ जनाले मतदान गरेको प्रेमबहादुर कटुवालले बताए ।

कनकाई ९ मा कुल २ हजार ८ सय ६३ मतदातामा २ हजार १ सय २२ मतदाताले मतदान गरेको अभय राजवंशीले जानकारी दिए । हालसम्म कनकाईका ५ नम्बर र ३ नम्बर वाहेकका सबै मत पेटिकाहरु कनकाई नगरपालिकामा आईसकेको र अव केहि बेरमा सर्वदलिय बैठकबसी आज राती ११ बजेबाट मतगणना शुरु हुने निर्वाचन कार्यालले जनाएको छ । कनकाई नगरपालिकामा कुल ३५ हजार ४ सय ७१ मतदाता मध्ये कुल २५ हजार ५ सय ४७ जनाले मतदान गरेका थिए । यो भनेको कुल ७२ दशमलब मतदान भएको हो ।