झापा।
झापामा एउटा मतदान स्थलमा मतदान रोकिएको छ। बिर्तामोड–६ स्थित बिद्युत प्राधिकरणको कार्यालयमा रहेको मतदान स्थलमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताए।
मतदान गर्ने क्रममा केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि मतदान रोकिएको हो ।
‘सर्वदलीय बैठक बसिरहेको छ’, विवाद समाधान गरेर मतदान गर्छौ’ उनले भने ‘५ बजेको समय सकिएपछि लाइनमा रहेका २५ जना छन्। झापामा अहिलेसम्म ६५ प्रतिशत मत खसेको छ। आजैबाट मत गणना हुने निर्वाचन कार्यालले जनाएको छ