मेचीनगर । 

स्थानीय तह २०७९ को चुनावमा झापाको मेचीनगर–१४ मा १ हजार १ सय  ४४ जना मतदाता सहभागी नभएको जनाइएको छ । मेचीनगर–१४ को कृष्ण प्राबी र बासु माबीको ५ वटा बुथबाट बिहान ७ः२० बजेबाट एकैसाथ शुरु भएको मतदानमा उक्त मतदान सहभागी नभएको मतदान अधिकृत राजेन्द्र सिटौलाले जानकारी दिए ।

जम्मा २ हजार ६०७ मतदातामध्ये बासु माबिबाट १ हजार ९३९ ले मतदान गरेका थिए भने ६६८ जना सहभागी भएनन् । १ हजार ८०० सय मतदाता रहेको कृष्ण प्राबीमा १ हजार ३२४ जनाले मतदान गरे भने ४७८ जना मतदानमा सहभागी नभएको खसेको मत संख्याले पुष्ठि गरेको मतदान अधिकृतले जानकारी दिए । 

उता त्यसैगरी मेचीनगर–१२ मा ३ हजार ३३७ जनाले मतदान गरेका छन् । दुईवटा बिद्यालयबाट गरिएको मतदान प्रक्रियामा अमर आधारभूत बिद्यालयबाट  १ हजार १८८ जनाले र सरस्वती बालकल्याण माबीबाट २ हजार १४९ जनाले मतदान गरेको जनाइएको छ । ४ हजार ६२५ जना मतदाता संख्या रहेकोमा मेचीनगर–१२ मा १ हजार २८८ जना मतदान प्रक्रियामा सहभागी नभएको बताइएको छ ।