लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित भानु माविमा जारी स्थानीय तहको निर्वाचनमा  १२ बजेसम्ममा करिव सात सय मात्र मत झरेको छ  ।  

४ वटा बुथ रहेको उक्त मतदान केन्द्रमा १२ बजेसम्ममा करिव ७ सय मत झरेको निर्वाचन आयोगले जनाएको छ । एकहजार ८ सय ८५ पुरुष, एकहजार ८ सय ८२ महिला र अन्य एक जना गरी जम्मा ३ हजार ७ सय ६८ जना मतदाता रहेको उक्त मतदान केन्द्रको निर्वाचन आयोगले जनाएको हो । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा मतदातामा जुन उत्सुकता थियो यो निर्वाचनमा खासै त्यस्तो नदेखिएको मतदाताहरुको भनाई थियो । आज झापासहित देशभर स्थानीय तहको निर्वाचन मतदान जारी रहेको छ ।