झापा ।
आगामी ५ बर्षका लागि देशभर जनप्रतिनिधि चुन्नका लागि मतदान शुरु भएको छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध निर्वाचनबाट चयन गर्न आज मतदान हुँदैछ ।
विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ। एक लाख ४५ हजार ११ उम्मेदवार मध्येबाट ३५ हजार २२१ जनप्रतिनिध निर्वाचित हुनेछन् ।
कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उप–महानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान नहुने भएको छ ।
उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया गरी ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ।